दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्‍ने मौका

काठमाडाैँ : अनलाइन बजार कम्पनी दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ई-सेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्‍न सकिने रोमाञ्‍चक वान रुपी गेम अवसर ल्याएका छन् ।

भाग लिन ग्राहकहरूले दराजमा आइफोन रुपैयाँ एक प्रोमोकोड लगाई आइफोन एसई १ रुपैयाँमा ई-सेवाबाट भुक्तानी गरी अर्डर गर्नुपर्ने हुन्छ । यो योजना आज साउन ७ देखि १२ सम्म उपलब्ध हुनेछ । विजेताको घोषणा साउन १६ गते दराज एप र दराज नेपालको फेसबुक पेजमार्फत गरिने जनाइएको छ ।

विजेता घोषित भएपछि सबै सहभागीले आफ्नो ई-सेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन् । यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियानअन्तर्गत दराजमा कुनै पनि समानको रकम ई-सेवामार्फत तिर्दा एक हजार रुपैयाँसम्मको छुट पाउने जनाइएको छ ।