नारायणी नदीमा पानीको वहाव सतर्कता तहबाट घट्यो

चितवन :नारायणी नदीमा पानीको वहाव सतर्कता तहबाट घटेको छ । जल मापन केन्द्रका अनुसार  बुधबार बिहान गरिएको मापनमा नारायणी नदीको पुलमा पानी वहाव घटेर १० दशमलव ७३ मिटर पुगेको छ । सोमबार नारायणी पुलमा पानीको वहाव सतर्कता तह पार गरेर खतराको तह नजिक पुगेको थियो । नारायणी पुलमा ११ मिटरलाई सतर्कता तह मानिन्छ ।
उता नारायणी नदी देवघाटमा पनि पानीको वहाव सतर्कता तहबाट घटेको छ । आज बिहान ७.५० बजे गरिरेको मापनमा देवघाटमा पानी वहाव घटेर ६ दशमलव ७५ मिटर पुगेको छ । देवघाटमा सोमबार पानीको वहाव बढेर खतराको तह पार गरेको थियो । देवघाटमा ७ दशमलव ३ मिटरलाई सतर्कता र ८ मिटरलाई खतराको सुचक मानिन्छ ।