Top Banner Head Half Add -1 Left

 

सिल गरिएपछि गैंडाकोट नगरपालिकामा २१८ जनाको स्वाव संकलन

चितवनः नवलपरासी (बर्दघाट-सुस्तापूर्व)काे गैँडाकोट नगरपालिकाबाट २१८ जनाको स्वाव संकलन गरिएको छ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखापरेपछि नगरपालिका क्षेत्र सिल गरेर उक्त संख्यामा स्वाव संकलन गरिएको गैँडाकाेट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए । साउन १ गते ५ जना नेपाल प्रहरी सहित १८ जनामा कोभिड १९ को संक्रमण देखिएपछि नगरपालिका साउन २ गतेदेखि सिल गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार १८ जना कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका १२४ जनाको हिजो इलाका प्रहरी कार्यालय गैडाकोटमा स्वाव संकलन गरिएको थियो । उक्त स्वाव परीक्षणका लागि हेटौँडाका पठाइएको र आज राति वा भोलिसम्म रिपोर्ट आउने सम्भावना रहेको पाैडेलले बताए ।

त्यस्तै आज विहान लक्ष्मी माविमा ५४ जनाको स्वाव संकलन गरिएको छ । क्वारेनटाइनमा वसेको, ठूलो समुह आउने ठाउँमा व्यापार व्यवसाय गरेका र जपन्रतिनिधिको सहित संकलन गरिएको हो । संकलित स्वाव भरतपुर पठाइएको छ । त्यस्तै आज नै नेपाल राष्ट्रिय शमसेर माविमा ४० जनाको स्वाव संकलन गरिएको छ ।

नेपाल राष्ट्रिय शमसेर माध्यमिक विद्यालयमा क्वारन्टिनमा रहेका र हाेम क्वारेन्टिन बसेकाहहरूकाे स्वाव लिइएको हो । नगरभित्र हालसम्म ५० जनामा कोरोना संक्रमण देखिएको छ भने ६ जना निको भएर घर फर्किसकेका छन् ।