नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । महोत्तरीको मोरइका ६० वर्षीय पुरुषको गएराती उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

अस्पतालमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले बताए । उनका अनुसार ती पुरुषको गएराती नै अन्तिम संस्कार गरिएको छ ।

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।