पुष्पलालको ४२ औँ स्मृति दिवस मनाईँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।

स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । ‘यसपटक हामीले कोभिड–१९ का कारणले ठूलो कार्यक्रम गर्न असमर्थ भयौँ’, उनले भने, ‘तैपनि प्रतिष्ठानकै आयोजनामा स्मृति पार्कमा रहेको सालिकमा श्रद्धाञ्जलीसभाको कार्यक्रम भने राखेका छौँ ।’

उक्त कार्यक्रममा पुष्पलालको सालिकमा माल्यापर्ण र प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सभामा मन्तव्य राख्ने छन् ।