गायक भुवन प्यासीको नयाँ गीत तीजको लहर ‘लेहेंगा हरर’ (भिडियो)

चितवन : मोफसल चितवनमा रहेर हरेक बर्ष नयाँ नयाँ र फरक शैलीका गीत ल्याउन माहिर मानिएका गायक भुवन प्यासीले पहिलो तीजको गीत भिडियोसहित सार्वजनिक भएको छ ।

गीत संगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक भुवन प्यासीले पहिलो पटक तीजको लहर  ‘लेहेंगा हरर’  बोलको गीत भिडियोसहित सार्वजनिक गरेका हुन् ।
लोक र पप शैलीलाई फरकपनका साथ ल्याएको गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ ।
तीजको रौनकलाई आफ्नै शैली यसरी पनि मनाउन सकिन्छ भन्ने उदाहरणसहित गीतको भिडियोमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल आकृती लामिछाने, करुण विसी, सन्जु पाठकको अभिनय रहेको छ । भने यस्तै कलाकार देव एलोन, राज सुनार र कन्चन सुनारको समेत अभियन रहेको छ ।

गीतको म्युजिक भिडियो सुशान कडेँलले निर्देशन गरेका छन् । भने सुरज खनालको छायांकन रहेको यस गीतमा राजेन्द्र बजगाई एरेन्ज रहेको छ । भिडियोलाई विकास धमलाले सम्पादन र सिर्जन बरालको कोरियोग्राफ रहेको छ ।

यस अघि फरक शैलीको गीत “हे बरै’को भिडियो सार्वजनिक भएको थियो । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै गीत बजार ल्याउन तल्लीन छन् । केहि समय अघि ‘माईली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।