चितवनमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि

भरतपुर :चितवनको रत्ननगरका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रत्ननगर–१३ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनको रत्ननगर अस्पतालबाट स्वाब लिइएको प्रयोगशालाले जनाएको छ । मंगलबार १ सय १२ जनाको नमूना परीक्षण गरिएकोमा बाँकी १ सय ११ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।