लायन्स क्लबद्वारा विभिन्न स्थानमा हात धुने धारा जडान

चितवनः लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुले कोरोना संक्रमणबाट जोगिनका लागि नियमित रुपमा साबुनपानीले हात धोऔँ भन्दै सार्वजनिक स्थानमा सेमी अटोमेटिक धारा जडानलाई तीव्रता दिएको छ । क्लबले पछिल्लो एक महिनामा १४ स्थानमा धारा जडान गरेको लायन्सको कोभिड प्रकोप प्रकोप नियन्त्रण समितिका संयोजक सिद्धार्थलाल चुकेले बताए ।
मानिसको बढी भीडभाड हुने स्थान छनौट गरेर नवलपुर र चितवनका विभिन्न क्षेत्रमा धारा जडानको काम अगाडि बढाइएको चुकेको भनाइ छ । लायन्स क्लब इन्टरनेशन ३२५ बी टु का प्रथम भाइस डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले कोभिड प्रकोप सुरु भएदेखि नै लायन्स क्लबले सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताए । कोभिडको प्रकोप सुरु भएपछि भरतपुर अस्पतालसहितका विभिन्न क्षेत्रमा ५७ लाख रुपैयाँबराबरका पीपीई, ५० लाख लाख रुपैयाँ बराबरको भीटीएम किटलगायतका स्वास्थ्य सामग्रीहरु लायन्सले वितरण गरिसकेको भट्टले बताए । अन्यत्रबाट भएको सङ्क्रमणलाई हात धोएर नै भगाउन सकिने भएकाले लायन्स क्लबले धारा जडानमा ध्यान केन्द्रीत गरेको उनको भनाइ छ ।
आज मंगलबार लायन्स चोकको नारायणी मोटर्स अगाडि र अस्थायी ट्राफिक प्रहरी पोस्टसँगै दुई स्थान, क्यान्सर अस्पताल, खानेपानी व्यवस्थापन बोर्ड, विद्युत कार्यालय लगायतका ठाउँमा हात धुने धारा जडान गरिएको हो । धारा जडानमा लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्बल अफ नारायणगढलगायतका क्लबहरुले आर्थिक सहयोग गरेका लायन्सकको रिजन चियर पर्सन बालगोपाल चुकेले बताए । सार्वजनिक स्थानमा हात धुने व्यवस्था गर्दा सर्वसाधारण नागरिकमा हात धुने बानीको विकास हुने उनको भनाइ छ । सेमीअटोमेटिक धारामा हात धुने पानी, साबुन तथा लिक्विड राखिएको चुकेले जानकारी दिए ।
विभिन्न स्थानमा जडान गरिएको धारा उद्घाटनका क्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टू, एरिया नम्बर ३ का चिफ एरिया को अर्डिनेटर प्रभाकर पण्डितले स्वागत मन्तव्य राखेका एरिया नम्बर ३ का सचिव पूर्ण शर्माले बताए ।