स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ

रौतहट : रौतहटको ईशनाथ नगरपालिका४ स्थितबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हा छन् ।

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । साथै उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४ लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ ।