सौराह आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चितवन : चितवनको राप्ती नदीमा पानीको वहाव बढ्दो अवस्थामा रहेको जल तथा मौसम विभागले जनाएको छ । पूर्वी राप्ती जलाधारको रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता आसपास पुगेको र बढ्दो रहेकाले तल्लो तटीय क्षेत्र र चितवनको सौराह आसपास क्षेत्रमा दिउँँसो सम्म सतर्क रहन विभागले आग्रह गरेको छ ।

अहिले चितवनको सौराहा क्षेत्रमा राप्तीमा पानीको वहाब बढ्दो अवस्थामा छ । यसै विच लगातारको वर्षाको कारण परेको पानीले जम्दा र निकास नहुदा केही क्षेत्रमा ढुवानको समेत समस्या देखा परेको छ ।