पहिरोमा पुरिएर दुईको मृत्यु, तीनजना घाइते

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका ८, शंकरपुर बस्तीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ ।

अन्य तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदम विष्टका अनुसार पहिरोमा ज्यान गुमाउनेमा लेकम गाउँपालिका ५ का २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जी छन् । उनीहरु शंकरपुरमा दिदीको घरमा बस्दै आएका थिए ।

पहिरोमै परेर ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम् र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन् । लक्ष्मीको अवस्था सिकिस्त रहेको डीएसपी विष्टले जानकारी दिए ।