सुनकाे मुल्य फेरी बढ्यो, चाँदी तोलाको १०४० पुग्यो

काठमाडाैं : नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले आज (मंगलबार) का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ । चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो ।