आज अधिकांश स्थानमा वर्षा, खोला र नदीको जल सतह बढ्दो, बाढी पहिरोको सम्भावना कायमै

काठमाडौं :  देशभर मनसुनी वायुको प्रभाव कायम छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपाल तर्फ सरेको छ।जसअनुसार देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

देशका अधिकांश स्थानमा लगातार वर्षा भएका कारण पहाडी र तराइका क्षेत्रमा बहने साना ठूला नदीहरुमा जल सतह खतराको बिन्दुमा पुग्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरैजसो स्थानहरुका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यसैगरी आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।