पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि खुल्ने संभावना कम

चितवन :  हिजो सोमबार विहानैदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि खुल्ने संभावना कम रहेको छ । लगातार बर्षा भइरहेका कारण इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो खसेको पहिरो हटाउन समस्या भएको छ ।

आज विहानैदेखि पहिरो हटाउने तयारी गरिए पनि निरन्तर वर्षाका कारण अझै काम सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आज पनि बाटो खुलाउन समस्या हुन सक्ने थापाले बताए ।