राप्ती नदीको बाढीले बगाएर एकजना वेपत्ता, खोजीकार्य जारी

चितवन : चितवनको राप्ती नदीको बाढीले बगाएर एकजना वेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ११ स्थित राप्ती नदीले बगाउँदा एकजना वेपत्ता भएका हुन । माछा मार्न जाने क्रममा स्थानीय राजु बोटेलाई नदीले बगाएको चितवन प्रहरीले जनाएको छ ।

अन्दाजी ३१ वर्षका बोटे माछामार्ने क्रममा नदीले बगाएर वेपत्ता भएका हुन । स्थानीय र प्रहरीले वेपत्ता बोटेको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यवहादुर थापाले जानकारी दिए । अविरल वर्षाका कारण राप्ती नदीको बहाबपनि बढ्दै गएको छ । बाढीको बेला पानी धमिलो भएपछि माछाहरु नदीको किनार तर्फ आउने भन्दै माछामार्न जानेहरु धेरै हुन्छन् ।