धादिङमा पुल भत्किएपछि काठमाडौंसँगको सम्पर्क टुट्यो

काठमाडाैँ : अविरल वर्षासँगै आएको बाढीले पृथ्वीराजमार्ग अन्तर्गत धादिङको मौवा खोला पुल भत्काएको छ। उर्लिँदो बाढीले क्षति पुर्‍याएपछि पुल पूरै भाँच्चिएको छ।

यो पुल भत्किएपछि पृथ्वीराजमार्ग हुँदै काठमाडौंसम्म हुने आवातजावत ठप्प भएको छ। चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवत जावत ठप्प भएको हो। बाढीले धादिङतर्फको पुलको भाग भत्काएको छ।

धादिङमा पृथ्वीराजमार्गका आधा दर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक पनि अवरुद्ध भएको छ। उता चितवनमा पनि ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ।