चितवन र धादिङको सिमानामा पर्ने मौवा खोलामा पुल भासियो

चितवन : आइतबार रातिदेखि परेको निरन्तरको वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोलामा पुल भासिएको छ ।

पुल भासिएपछि राजमार्गमा सवारीसाधन चल्न सकेका छैनन् । धादिङ प्रहरीले मौवा खोलाको पुल लच्किएर सडक भासिएको जनाएको छ । जोगिमारा प्रहरी कार्यालयका प्रहरी हवल्दार उपेन्द्र श्रेष्ठले आज बिहानबाट पुल भासिएर मानिससमेत हिड्न नसक्ने भएको जानकारी दिए ।