नारायणी नदी किनारको दुईवटै हात्तीको मूर्ति बगायो

नारायणगढ : अबिरल वर्षासँगै नारायणी नदीमा आएको बाढीले उद्योग वाणिज्य संघ नारायणी नदी किनारमा राखिएको दुईवटै  हात्तीको मूर्ति बगाएको छ । नारायणी नदी किनारमा बनाएको हात्तीको दुईवटा प्रतिमा मध्य पहिले एउटा र केहि समय पश्चात दोस्रो मूर्ति बगाएको हो ।

दिउसो एउटा हात्तीको मूर्ति बगाएको स्थानीय रसिक प्रधानले जानकारी दिएका छन् ।उनले हात्तीको मूर्तिसँगै एउटा सोलार प्यानल राखिएको पोल पनि बगाएको जानकारी दिएका छन् ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार हात्तीको मूर्तिलाई सकुसल उद्दार गरिएको बताए । हात्तीमा कुनै पनि क्षति नपुगेको उनले जानकारी दिए ।