लकडाउनमा भारतबाट २८ नेपालीको उद्दार

काठमाडौं : प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले लकडाउनको अवधिभर भारतबाट २८ जनालाई उद्दार गरिएको जनाएको छ । नेपालमै बेचबिखनमा परेका १३ जनालाई पनि उद्दार गरिएको छ ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको समन्वयमा ब्युरोले उनीहरुको उद्दार गरेको हो ।

उनका अनुसार भारतको दिल्लीमा ७ जना र मणिपुरबाट २१ जना नेपाली नगारिकको उद्दार गरिएको छ । ‘नेपालमा नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, चितवनमा २, कास्कीमा २, मकवानपुरमा १, बर्दियामा १ र बाँकेमा १ गरी जम्मा ४१ जनाको उद्दार गरिएको छ’, थपलियाले भने ।उनका अनुसार पीडितको उद्दार गरी कानून बमोजिम कारबाही र अनुसन्धान भइरहेको छ ।

onlinekhabar