१८६ जना कोरोना संक्रमित थपिए

काठमाडाैँ : सोमबार थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७३ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११हजार ८ सय ६८ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।

क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ९सय ३६ जनाको उपचार भइराखेको छ ।सोमबारसम्म ५ हजार ९ सय ३६ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।