ललितपुरको गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत र ओभरसियर घूससहित पक्राउ

काठमाडाैँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत र ओभरसियरलाई घूस लिँदै गर्दा पक्राउ गरिएको जानकारी दिए ।

“एक लाख ५० हजार रुपैयाँ घूससहित दुईजना पक्राउ परेका छन्,’’ उनले भने, ‘‘थप अनुसन्धान जारी छ । कार्यालयमा ल्याइसकेपछि थप विवरण खुल्ला ।”