दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता आमाछोरी मृत भेटिए

दार्चुला : दार्चुलामा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्‍ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्‍ना रहेकी छिन् ।सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार अविरल वर्षाका कारण पहिरोले घर पुरिएको थियो । सोही क्षेत्रमा केही घाइतेसमेत भएको बताइएको छ ।