उच्च सतर्कता अपनाउन आवश्यक

चितवन: चितवन नवलपरासीमा बाढी र डुबानको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।नारायणी नदी देबघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो रुप लिएकोले उच्च सतर्कता अपनाउन विभागले सूचना जारी गरेको हो ।
नारायणीको तटिय क्षेत्रमा बेलुका सम्म नै जोखिम हुने संकेत देखिएकाले सो क्षेत्रका वासिन्दाहरु वढि मात्रामा सर्तक रहन आवश्यक रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।