भारतको अयोध्यामा राम मन्दिर निर्माण हुने

काठमाडौं :भारतमा चर्को विरोधका बावजुत अयोध्यामा राम मन्दिर निर्माण हुने भएको छ ।श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको बैठकले प्रधानमन्त्री नरेन्द्र मोदीको समय हेरेर आगामी अगस्टभित्र भूमि पूजाको मिति निश्चित गर्ने निर्णय गरेको हो ।

ट्रष्टले जुलाई २९ वा अगष्ट ५ मा भूमि पूजन हुन सक्ने जनाएको छ । भारतका बौद्धहरुले भने भारतको अयोध्या राम जन्मभूमि नभएको दावी गर्दे आएको छन् ।अयोध्या प्राचीन बौद्धनगर साकेत भएको दाबी गर्दै उनीहरुले त्यहाँ हाल प्राप्त भएको प्राचीन पुरातात्विक बौद्ध सामग्री सार्वजनिक गर्न माग गरेका छन् ।

राम मन्दिर निर्माण गर्न जमिन सम्म पार्ने क्रममा त्यहाँ बौद्ध संस्कृतिसँग जोडिएको बुद्ध मूर्ति, अशोक धम्म चक्र, कमलफूल र अन्य पुरातात्विक बस्तु फेला परेको जनाइएको छ ।अखिल भारतीय आजाद बौद्ध धम्म सेना संगठनले वर्तमान अयोध्यामा राम मन्दिर निर्माण कार्य रोकेर युनेस्कोलाई संलग्न गराई विवाद समाधान गर्न माग समेत गरेको छ ।imagekhabar