नक्कली सवारी र लाइसेन्ससंगै १४ जना पक्राउ

दाङ : जिल्ला प्रहरी कार्यालय दाङले चोरीका १० वटा मोटरसाइकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन खर्थात (मोडिफाई) गरिएका १० वटा मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुका साथबाट नक्कली सवारी धनी प्रमाणपत्र र लाइसेन्ससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो ।