ममताको जीवनीमाथि फिल्म

एजेन्सी : बलिउड अभिनेत्री ममता कुलकर्णीको विवादास्पद जीवनमाथि फिल्म बन्ने भएको छ। अभिनेत्रीको जीवनमाथि बिलाल सिद्धिकीले लेखेको पुस्तक, ‘द स्टारडस्ट अफेयर’ को कपी राइट फिल्म निर्माता निखिल द्विवेदीले लिएका छन्। सूत्रअनुसार, निखिलले सिद्धिकीको द स्टारडस्ट अफेयरबाट फिल्म निर्माण गर्न लागेका हुन्।

यो किताब ममता कुलकर्णीको उतारचढावपूर्ण जीवनमा आधारित छ। एउटा बलिउड स्टारदेखि कथित अन्डरवल्र्ड सम्बन्धबाट गडमदर बन्दासम्म उनी सधैं चर्चामा रहिन्। सबै औपचारिकता पूरा भएपछि निखिलले यो फिल्म बनाउने आधिकारिक घोषणा गर्नेछन्।

९० को दशकमा आफ्नो जोस र अलग शैलीका लागि चिनिएकी ममताले करण अर्जुन, बाजी र चाइना गेटजस्ता हिट फिल्ममा अभिनय गरेकी छन्। ममताले बलिउडबाट गायब भएपछि आफू केन्याको नैरोबीमा बसेको सार्वजनिक गरेकी छन्। उनले आफू अहिले आध्यात्मिक जीवन बाँचिरहेको पनि बताएकी छन्। एक कथित ड्रग ¥याकेटको सिलसिलेमा केही वर्षपहिले उसको नाम अगाडि आएको थियो। फिल्मको स्क्रिप्टमा छिट्टै काम सुरु हुने निखिलले बताए।