मौद्रिक नितिमा चितवन चेम्बर अफ कर्मसको प्रतिक्रिया

चितवन:चितवन चेम्बर अफ कर्मसले नेपाल राष्ट्र बैकंले जारी गरेको आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नितिलाई  स्वागत गरेको छ । राष्ट्र बैकंले जारी गरेकोे मौद्रिक नितिले निजी क्षेत्रले राखेका मागहरु सम्बोधन गर्न सक्ने नेपाल चेम्बर अफ कर्मसले बिश्वास लिएको छ ।

चितवन चेम्बर अफ कर्मसले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै राष्ट्र बैकंले जारी गरेको मौद्रिक नितिले कृषि , पर्यटन र उर्जालाई बिशेष प्राथामिकता दिदै कर्जाको पुनसंरचना, पुर्नतालिकिकरण , पुनकर्जा तथा बजारमा तरलता ल्याउन सीसीडी अनुपातमा बृद्धि गरेर निजी क्षेत्रले राखेका मागहरु सम्बोघन गर्ने जनाएको हो ।

मौद्रिक नितिले धारासायी बन्दै गएको उद्योग व्यवसायले पुनर्जीवन पाउने अपेक्षा पनि चेम्बरले गरेको छ । चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा  मौद्रिक नितिको कार्यन्यवयन गर्न सकेमा मुलुकको आर्थिक गतिबिधि चलाएमान हुने , रोजगारीको सृजना हुने र समग्र अपेक्षित आर्थिक बृद्धि हाँसिल हुने भनिएको छ ।
लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागत योग्य भएको पनि बिज्ञप्ति मार्फत जनाईएको छ ।
यसअघि पनि नेपाल चेम्बर अफ कमर्सले बन्दाबन्दीको कारणले प्रभाबित भएको निजि क्षेत्रको आर्थिक गतिबिधिलाई चलाएमान बनाई उद्योगी व्यवसायीलाई पलायन हुनबाट जोगाउन नेपाल सरकार र सम्बन्धित निकाएलाई सुझाव पेश गरेको थियो ।