मनकामना दर्शन प्रालिका कर्मचारीहरुद्वारा व्यवसाय संचालन गर्न सरकारको ध्यानाकर्षण

चितवन :  नेपालको पहिलो केबलकार संचालनमा ल्याउने  मनकामना दर्शन प्रा.लिका   कर्मचारीहरुले व्यवसायहरु संचालनका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । लामो समय सम्म बेरोजगार विहिन बस्दा दैनिक जिवन निर्वाह गर्न कठिन भएको भन्दै कर्मचारीहरुले आफुहरु सुरक्षाका उपायहरु अपनाई काममा फर्कन तयार रहेको भन्दै बन्द भएका केबलकार लगायत देशभरका अन्य उद्योग व्यवसायहरु सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कर्मचारीहरुद्वारा जारी गरिएको संयुक्त वक्तव्य यस्तो छ ।

कोभिड–१९ को महामारी अवस्थालाइ ध्यानमा राखेर सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपनि यात्रु एवं भक्तजनहरूको स्वास्थ्यलाइ ध्यानमा राखेर मनकामना केवुलकारले चैत्र ८ गते देखि नै लकडाउनको घोषणा गरेको थियो । आज ४ महिना बितिसक्दा पनि सरकारी लाचारीतामा कुनै कमी आउने देखिएन । खुल्ने र खुलाउने तर्फ कुनै पहल देखिएन । कोभिडको भ्याक्सिन आउने निश्चितता नभएको यस अवस्थामा सधै नेपाल बन्द गरेर हुदैन, सधै व्यवसाय बन्द गरेर हुदैन । यसै पनि गरिबी र भ्रष्टाचारको रेखामुनी रूल्मुलिएको देशले बढ्दो बेरोजगारी र घट्दो व्यवसायिक घाटाबाट हामी आम नेपाली जनतालाइ कसरी बचाउन सक्छ रु आज देशमा कोरोनाको कहरबाट भन्दा आत्महत्या र भोकमरीबाट मर्नेको तथ्याङ्क बढि रहेको सर्वविदितै छ ।
के जनता भोकमरीको डर, बेरोजगारीको कहर र आत्महत्याको लहरले मर्नुपर्ने हो ?
अहिले समाज सचेत भै सकेका छन् । शुरक्षाको उपायहरू अवलम्बन गरेर भएपनि सामान्य अवस्था तर्फ फर्कन सरकारले नै प्रयत्न गर्नुपर्ने अवस्थामा जनताबाटै यस बिषयमा कुरा उठ्नु सरकारी लाचारीताको पराकाष्ठा हो । सम्बन्धित निकायले यस बिषय उपर बेलैमा सोच्नु अत्यावश्यक छ अन्यथा देशले ठुलो बिकराल अवस्थाको सामना गर्नुपर्ने निश्चित छ । हामी मात्र होइन हामीले देश पनि बचाउनु पर्छ । सबैले बेलैमा सोचौ कतै अबेला नहोस् ।

केवुलकार कर्मचारी परिवार
मनकामना दर्शन प्रा.लि