‘एलेक्स राइडर’ किताबभन्दा मनोरञ्जक

हलिउड :  अभिनेता ओट्टो फरेन्टले टिन हिरो ‘एलेक्स राइडर’ को नाममा बनेको टीभी सिरिजमा आफ्नो भूमिका जीवन्त बनाउन निकै दबाब आएको बताएका छन्। उनले आफ्नो भूमिकालाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ संकरण दर्शकमाझ ल्याउन लागेको पनि बताए।

फरेन्टले आईएएनएससँग भने, ‘भूमिकामा नयाँ जीवन भरेर पर्दामा देखाउन एक प्रकारको दबाब थियो। दुनियाँभरमा यो किताबको लाखौं प्रति बिक्री भएको छ। यसका प्रशंसक धेरै छन्। हामीलाई विश्वास छ कि हामीले यो किताबमाथि न्याय गरेका छौं। दर्शकले हाम्रो मेहनतबाट मनोरञ्जन लिनेछन्।

एन्थनी होरोविट्जको वयस्क जासुसी उपन्यासमा आधारित यो सिरिज एलेक्स राइडर (फरेन्टद्वारा निर्वाह गरेको भूमिका) एक स्कुली छात्रबाट जासुस बन्ने यात्रामाथि आधारित छ। सिरिजमा स्टिफन डिलैन, विकी म्याकक्लेर र एन्ड्रयु बुचनलगायतका कलाकारले पनि अभिनय गरेका छन्। यो सिरिज सोनी लिभबाट प्रसारित हुनेछ। एजेन्सी