चितवनका युवा अभियन्ताद्धारा राप्ती बजारमा सरसफाइ कार्यक्रम सम्पन्न

चितवन:  “Clean chitwan , Green chitwan , Better chitwan” को नारा सहित संचालन भएको ६० दिने अभियानको आज २३औँ दिन पुरा भएको छ ।

चितवनका युवा अभियन्ताहरुले आज राप्ती नगरपालिका स्थित लोथर बजारमा सरसफाइ कार्यक्रम सम्पन्न गरी अभियानको २३औ दिन पुरा गरेको अभियानका संयोजक सरोज भण्डारीले बताए ।

आजको कार्यक्रममा स्थानिय समाजसेबी , लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको कार्यक्रमका संयोजक भण्डारीको भनाई छ ।