अपाङ्गता भएका शम्भुको घरमा टिनको छानो

शारदानगर : भरतपुर महानगरपालिका वडा नम्बर–१९ स्थित शारदानगरका अतिविपन्न तथा शारीरिकरुपमा समेत अपाङ्गता रहेका शम्भु परियारको घरमा टिनको छानो लगाइएको छ ।

स्थानीय समाजसेवी वीरबहादुर परियारको सक्रियतामा र भरतपुर–१९ वडा कार्यालयको सहयोगमा घरमा रहेको खरको छानोलाई हटाई फलामको ट्रष्टसहित नयाँ जस्तापाता लगाउने काम सम्पन्न भएको हो ।

उक्त घर बिहीबार एक समारोहका बीच परियारलाई हस्तान्तरण गरिएको छ । समाजसेवी तोपमानसिंह गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वसांसद् विष्णुमाया परियार, नेपाली कांग्रेस महासमिति सदस्य दिनेश कोइराला, भरतपुर–१९ का वडा अध्यक्ष कर्णबहादुर गुरूङलगायतको सहभागिता थियो । chitwan post