वीरका कर्मचारी महामारीका बेला पनि सेवा सुविधावाट वञ्चित

काठमाडौं :  कोरोना भाइरस  (कोभिड–१९) को महामारीका बेला आफ्नो ज्यानको प्रवाह नगरी वीर अस्पतालमा  काम गरिरहेका स्वास्थ्यकर्मीहरु सेवा र सुविधावा वाट वञ्चित वनेका छन् । मुलुककै सबैभन्दा पुरानो वीर अस्पताल यतिबेला लाथालिंग जस्तै बनेको छ ।

अनियमित कर्मचारी भती, भुक्तानी र भ्रष्टाचारका कारण   विवादित बन्दै आएको अस्पतालले सेवा र सुविधा नदिएको भन्दै वीर अस्पतालभित्र पुनः आन्दोलनको तयारी भएको वीर अस्पताल कर्मचारी यूनियनका एक नेताले बताएएका छन् ।

२०४६ सालदेखि नियम अनुसार पाउँदै आएको औषधि खरिद खर्च गत चैत महिनामै पाउनु पर्नेमा हालसम्म पनि नपाएको र वर्षौं देखिको प्रविधिक ग्रेड समेत पाउन नसकेकोे भन्दै वीरका कर्मचारीहरुले आन्दोलनको तयारी गरेको ति कर्मचारीले बताएएका छन् ।

यस विषयमा कर्मचारीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का पदाधिकारी लाई लिखित र मौखिक जनकारी गराए पनि सुनुवाई नभएको उनीहरुको भनाई छ ।

न्याम्सका पदाधिकारीहरुका कारण यस्तो महामारीका बेला पनि आफूहरुले पाउनु पर्ने सेवा सुविधा नपाएको भन्दै वीरका कर्मचारीहरु बाध्य भएर आन्दोलनको तयारीमा जुट्नु परेको बताएका छन् ।

वीर अस्पतालका कर्मचारीहरुले कोरोनाको माहामारीका बेला समेत तलवभत्ता, औषधि खरिद खर्चे नपाएको गुनासो गरेका छन् ।

अस्पतालमा भएको फाइवर स्कान, डिएल सियो, सिआम, आईसीयु, युरो फोले मिटर पूर्ण रुपमा सञ्चालन नगर्ने अनि अस्पताको कमाई भएन भन्दै सेवा सुविधा रोक्ने काम भइरहेको कर्मचारीहरुको भनाई छ ।

त्यसो त अस्पताल प्रशासनले अनावश्यक सामान खरिद गरि ब्यापारीलाई भुक्तानि गरी कमिसन लिएको पनि एक कर्मचारी बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईसीयु सञ्चालनका लागि दिएको १० करोड काम गर्ने नसकेर फिर्ता भएको छ । वीरका कर्मचारी यूनियनले यस बिषयमा स्वास्थ्यमन्त्रीसँग भेटधाट नै गरी जानकारी गराइसकेका छन् ।

त्यसो त जाइकाले बनाई दिएको भवन पूर्ण रूपमा सञ्चलनमा ल्याउन नसक्दा महामारीका बेला वीर अस्पतालले कोरनाको उपचार गर्ने सकेको छैन । यतिमात्र होइन कमीसन खान पल्केका प्रशासनका कर्मचारीहरुले आफू निकटकाहरुलाई मात्र कोरोना भत्ता उपलब्ध गराउन गोप्य पत्रचार गरेको पनि खुलेको छ ।

त्यसैगरी न्याम्सका पदाधिकारीहरुकै मिलेमतोमा अस्पतालमा भएको बस थन्क्याए दैनिक ८ हजार ५०० सय तिर्ने गरी आफु निकटसँग भाडामा बस लिई सञ्चालन गरिरहेको पनि यूनियनका ति कर्मचारी दावी गर्छन् ।