चितवनमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घट्दो

“सूर्यप्रसाद अधिकारी, चितवन :  चितवन जिल्लामा आर्थिक बर्ष ०७५, ०७६ को तुलनामा आर्थिक बर्ष ०७६, ०७७ मा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्यामा कमी आएको छ । काठमाडौ पछिको बढी दुर्घटना हुने जिल्ला मध्ये चितवन  पर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार अघिल्लो बर्ष (०७५, ०७६) मा सवारी दुर्घटनामा १सय ४६ जनाले ज्यान गुमाएका थिए । गतबर्ष( ०७६, ०७७ मा) १सय ७ जनाले ज्यान गुमाएका छन ।

लामो समयको लकडाउनका कारण सार्वजनिक सवारीको साथै नीजि सवारी साधन नचलेकाले दुर्घटनामा कमी आएको कार्यलयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । ‘मुख्यत सवारी दुर्घटनामा मोटरसाइकल चालक तथा यात्रुको मृत्यु बढी हुन्छ उनले भने, पूर्ण लकडाउन र आंशिक लकडाउनका कारण त्यस्ता सवारीसाधन चल्न पाएनन ।’ विगतका बर्षहरुमा जिल्लामा दुर्घटनाको संख्या बढ्दै गएको र हालका बर्षहरुमा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले चेकजांँचमा समेत कडाई गर्दै आएको भट्टले बताए । ‘हामीले विगतमा रातको समयमा लापरवाही गरेर सवारी दुर्घटना बढी भएको कारण पत्ता लगायौं, सोही अनुसार ट्राफिक प्रहरीले जिल्लाका जोखिम बढी हुने स्थानमा निगरानी बढाएका थियौं ।’ भट्टले भने ।सवारी दुर्घटनामा मृत्यु हुनेमा पुरुषको संख्या बढी भएको पाईएको छ । जिल्लामा अघिल्लो बर्ष सवारी दुर्घटनामा १सय १८ जना पुरुषले ज्यान गुमाएका थिए भने , १७ जना महिलाले दुर्घटनाबाट ज्यान गएको थियो । यस्तै ६ जना बालिका र ५ जना बालकले ज्यान गुमाएका थिए ।
गतबर्ष कुल मृत्यु १सय ७ जना मध्ये ८८ जना पुरुष , १८ जना महिलाको मृत्यु भएको थियो । सो अवधिमा ५ जना बालकले ज्यान गुमाएका छन भने बालिकाको मृत्यु नभएको तथ्यांक छ ।
सवारी चालक अधिकांश पुरुष हुने र लापरबाही गरी सवारी चलाउने पुरुषनै बढी भएकोले मृत्युको संख्यापनि पुरुषकै बढी हुने गरेको प्रमुख भट्टको भनाई छ । ‘अधिकांश सवारी चालक पुरुषनै हुन्छन, उनले भने, महिलाहरु अक्सर कि सार्वजनिक यातायात चढ्छन कि पुरुषले चलाएको सवारीमा यात्रा गर्छन । ’