सांसद दाहालद्वारा इच्छाकामनाका बाढी प्रभावित क्षेत्रको निरिक्षण

चितवन  : वागमती प्रदेश सांसद तथा शिक्षा, स्वास्थ्य तथा कृषि सभापति घनश्याम दाहालले चितवनको इच्छाकामनाका बाढीले क्षती पु¥याएको क्षेत्रको निरिक्षण गर्नुभएको छ । बिहिबार वडा नम्बर ७ स्याङ्दीको अनुगमन गर्नुभएको हो । स्याङ्दीमा अविरल बर्षासंगै आएको पहिरोले स्थानीय जैसर गुरुङको घर र कुमार घर्तीको एक हल गोरु पुरिएको थियो ।
सांसद दाहालले दुबै परिवारलाई आवस्यक सहयोगका साथै पुर्नवासका लागि जैसर गुरुङको घर निर्माण गर्न आवस्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको स्थानीय कुमार मगरले जानकारी दिनुभयो ।
साथै उहाँले बाढीले क्षती पु¥याएको मुल स्याङ्दी जल उपभोक्ता सिचाँई आयोजनाको पनि निरिक्षण गर्नुभएको थियो । एडिविले वडा नम्बर ७ को भालुमारा लगायतका ५ सय परिवारको ९० हेक्टर जग्गाको सिचाईका लागि निर्माण गरिएको उक्त कुलोको ७० मिटर बाढीले बगाएको छ ।

यसैबिच बाढीपीडित उक्त दुई परिवारलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा०) वडा कमिटीले राहत वितरण गरिएको छ । दुई÷दुई बोरा चामल नुत तेल सहयोग गरिएको हो ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, सचिव हरि थपा लगायतको उपस्थितिमा राहत वितरण गरिएको कुमार मगरले जानकारी दिनुभयो ।