सांसद् पोखरेलद्वारा कुरिनटार–लामीडाँडा सडकको अनुगमन

चितवन : संघीय सांसद् कृष्णभक्त पोखरेलले कुरिनटार–लामीडाँडा सडकको अनुगमन गर्नुभएको छ ।

सांसद विकास कोषबाट निर्माण भएको इच्छाकामना गाउँपालिका ४ कुरिनटार–लामीडाँडा सडकको अनुगमन गर्नुभएको हो ।

सांसद् विकास कोषको ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको कुरिनटार–लामीडाँडा सडकको कार्यप्रगतिबारे सांसद् पोखरेलले जानकारी लिनुभयो ।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल सहित निर्माणधिन सडकको अनुगमन गर्नुभएका सांसद् पोखरेलले थप आवस्यक थप रकमको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभएको छ ।