पुरोनो मेडिकल कलेजमा एक बृद्धाको मृत्यु, पिसिआर परिक्षणका लागि पठाईयो

चितवनः पुरानो मेडिकल कलेजमा उपचारका क्रममा एक वृद्धाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ की ८५ वर्षिया महिलाको उपचारका क्रममा बिहिबार मृत्यु भएको हो ।
दम, उच्च रक्तचाप र निमोनियाको संक्रमण देखिपछि उपचार गर्न आएकी वृद्धाको बिहिबार दिउँसो मृत्यु भएको हो ।

उनको मृत्यु संगै कोरोनाका आशंकामा उनको स्वाब संकलन गरि भरतपुर कोभिड १९ प्रयोगशालामा पठाईएको अस्पतालले जनाएको छ । मृत्यु भएकी बृद्धाको शब अस्पतालमानै रहेको छ ।