डा. सेडाई चिकित्सक संघ चितवनको अध्यक्षमा सर्वसम्मत चयन

चितवन : नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. लोक बहादुर सेढाई सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
संघको निर्वाचन प्रकृया अन्तर्गत अध्यक्ष सहित सम्पूर्ण कार्यसमिति नै सर्बसम्मत रुपमा चयन हुनु भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा डा. भारती देवी शर्मा, उपाध्यक्षमा डा. गुरू शरण साह, सचिवमा डा. सुर्य प्रकाश सापकोटा, कोषाध्यक्षमा डा. मनोज कडेल, सहसचिवमा डा. महेन्द्र कुमार अग्रहरी र सहकोषाध्यक्षमा डा. अमित चौधरी रहनुभएको छ ।
त्यस्तैगरि, सदस्यहरूमा डा. रोहन झा, डा. शिव कंडेल, डा. प्रजिता भण्डारी, डा. पल्लव राज पौडेल, डा. विवेक कंडेल र डा. किरण देवकोटा निर्बिरोध निर्वाचित हुनु भएको हो ।
निर्वाचन अधिकृत डा. भोला प्रसाद रौनीयारद्धारा जारी बिज्ञप्तीमा उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको उल्लेख छ । निर्वाचन तालिका अनुसार उमेद्वारी दर्ता गर्ने समय असार २६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो । उमेद्वारी उपरदाबी बिरोध तथा उमेद्वारी फिर्ता लिने समय दिउँसो २ बजेदेखि बेलुका ४ बजेसम्म तोकिएको थियो । त्यसैगरी उमेद्वारी अन्तिम नामावली सोहि दिन बेलुका ५ बजेसम्म प्रकाशन गरिने बताइएको थियो । निर्वाचन असार २७ गते हुने भनिए पनि साउन २ गते शुक्रवारको लागि सारिएको थियो ।
निर्वाचनको मिति भन्दा ठीक एक दिनअघि विहीवार एक आपसमा सहमति जुटेपछि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चएन भएको हो । नवगठित १३ सदस्यीय कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ । यसअघि नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. प्रकाश खतिवडा रहेनुभएको थियो ।