पत्रकार न्यौपानेले गरे मानवसेवा आश्रमलाई आर्थिक सहयोग

 

गोरखा, १ साउन । पत्रकार राजेन्द्र न्यौपानेले साउने संक्रान्तिको अवसरमा मानवसेवा आश्रम गोरखा शाखालाई नगद सहयोग गर्नुभएको छ।
विहिबार पत्रकार न्यौपानेले आश्रममा रहेका बालबालिकाको लागि थोरै भएपनि सहयोग मिलोस् भनेर रु.६ हजार सहयोग गरेको बताउनुभयो।

न्यौपानेको सहयोग ग्रहण गर्दै आश्रम परिवारले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य समेत रहेका न्यौपान
लाई धन्यावाद ज्ञापन गरेको थियो।