कविता : आत्महत्या

छत तल पँखा झुन्डिएको छ
पँखा तल लामो सल झुन्डिएको छ
सल तल केहि समयपछी एक मानव झुन्डिने छ
यतिबेला मेरा खुट्टाहरूले
तिन फुट्ट जमिनबाट अग्लो कुर्ची टेकि रहेछ
जब मेरो शरीर लासमा फेरिन्छ
जतिबेला म सिङ्गो पंखा तल झुन्डिएको हुनेछु
हिजो मलाई कस्तो छ भनेर सोध्न नआनेहरू
झुन्डिएको लास हेर्न ठूलो भिडभाड गर्ने छन
सास रहेको बेला नजिक रहेकाहरूले समेत
कर्के नजर नलगाएका मलाई
मेरो झुन्डिएको लास हेर्न पर पर बाट आउने छन
म आत्महत्या गरेर सुख प्राप्ती गरि सकेको हुनेछु
मेरो लास हेरेर भिडमा जम्मा भएकाहरूले
अनेकौँ आरोप म माथि थुपार्ने छन
सन्चो विसन्चो हाल खबर नसोध्नेहरू
मलाई नामर्दको ट्याक भिराउन हतार गर्नेछन
हिजो बाँच्न साहस र प्रेरणा नदिनेहरू
मेरो लास हेरि कायर र हिम्मत नभयको भन्ने छन
मेरो लास हेरेर कयौँले थुक्क भन्दै थुक्नेछन
हर चिजहरूबाट दिक्क भएर मृत्युलाई प्रेम गरेको म
मेरो आत्महत्या माथि नै सयौँले शंका गर्नेछन
कुनै ठाउँमा ठूलो मेला लागे झै
मेरो रमिता हेर्न ठूलो घुईचो हुनेछ
एक आर्काको अनुहार हेरेर मेरै कुरा काट्ने छन
म प्रति,मेरो आत्महत्या प्रति
कसैको सानो दयाँ पलाउने छैन
त्यो भिडमा आउने कसैको आँखामा
आँशू देखिने छैन
कोहि मुसु मुसु हाँस्ने छन
कोहि लास हेरि रहने छन
कोहि मेरो कुरा काट्ने छन
कसैलाई मलाई अनेकौँ नाम दिन हतार हुनेछ
केहि सेवकहरू मेरो लास माथि
धारिला हतियार प्रयोग गर्ने छन
अंगहरू छिन्न भिन्न बनाउने छन
अततः चुपचाप लास हस्तांतरण गर्ने छन
मेरो शरीर सँगसँगै
आत्महत्याको राज पनि
म सँगै विलय हुनेछ

राजन पराजुली
चितवन