विद्यालयमा पठन-पाठन खोल्ने तयारी

काठमाडौं :सरकारले विद्यालयमा पठन-पाठन खोल्ने तयारी गरेको छ। महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाई अस्तव्यस्त भएपछि सरकार विद्यालय खोल्ने तयारीमा जुटेको हो। नयाँ शैक्षिकसत्र सुरू भएको तीन महिना नाघिसकेको छ। विद्यालयहरूलाई स्थानीय सरकारले विदेश तथा अन्यत्रबाट आउने र कोरोना संक्रमित राख्ने क्वारेन्टाइन एवम्‌ आइसोलेसन केन्द्रका रूपमा प्रयोग गरिरहेका छन्‌।​

शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोभिड–१९ को महामारी तत्काल नियन्त्रणमा नआउने सम्भावना देखिएको र लामो समयसम्म विद्यालय बन्द गरेर राख्नु उपयुक्त नभएकाले अन्य सरकारी कार्यालय जसरी नै विद्यालय पनि क्रमशस् खोल्दै जाने तयारी रहेको जानकारी दिएका छन्‌।

‘कोरोना महामारी तत्काल नियन्त्रणमा आउने सम्भावना नभएको र लामो समयसम्म विद्यालय बन्द गरेर राख्नु पनि उपयुक्त नभएको वताउदै हाल जसरी सरकारी कर्मचारीहरू कार्यालयमा काम गरिरहनुभएको छ, त्यसैगरी शिक्षक साथीहरूले पनि आफ्नो विद्यालयमा रहेर काम गर्नुपर्ने वताएका छन् ।’  उनले विद्यालय पूर्णरुपमा सञ्चालन गर्नेबारे  एउटा विधि तयार गरिरहेको र उक्त विधि  सार्वजनिक भएपछि विद्यालय खोल्ने सरकारको योजना रहेको जानकारी दिएका  छन्’ तर कोभिड–१९ महामारीका बेला संक्रमण सर्ने सम्भावना कायमै रहने भएकाले आवश्यक सर्तकता भने अपनाउनुपर्ने उनले वताएका छन्। ‘