सिन्धुपाल्चोकमा पहिरोले दुई घर पुर्‍यो, ५ जना बेपत्ता

सिन्धुपालचोक  : जिल्लाको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुर्दा ५ जना बेपत्ता भएका छन। स्थानीय ग्यान्जेन शेर्पाको घर पुरिँदा शेर्पाकी आमा, श्रीमती, बहिनी र दुई छोरी पुरिएको वडाध्यक्ष साङ्दोर्जे शेर्पाले जानकारी दिए। ग्यान्जेन काठमाडौंमा बसोबास गर्ने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ। घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।