२५ केजी चाँदीसहित एक जना पक्राउ

काठमाडौं :२५ किलो चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका १९ विश्वम्भरपुरबाट २५ केजी चाँदीसहित वकिल अन्सारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ना ६१ प ७२०४ नम्वरको मोटरसाईकलमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको छ ।