क्लीन चितवनको २० औँ दिन गायक मिलनसगैँ सौराहा सरसफाई

चितवन : सामाजिक कार्यमा सक्रिय चितवनका युवा अभियन्ताहरुले ‘ क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ‘को नारा सहित संचालन भएको ६० दिने अभियानको आज आज २० दिन पुगेको छ।

अभियानले आज रत्ननगर नगरपालिका स्थित पर्यटकिय क्षेत्र सौराहामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक मिलन लामा ,वडा नं ६ र ७ का अध्यक्ष ,स्थानिय समाजसेवी , युवा प्रतिनिधिहरु, लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता संयोजक सरोज ध्वज भण्डारीले बताए।