नुवाकोटका एसपी काफ्ले सम्मानित, वन, वन्यजन्तु संरक्षणमा महत्वपूर्ण भूमिका

 

नुवाकोटा : जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफ्ले नगद पुरस्कारसहित डिभिजन वन कार्यालय नुवाकोटबाट सम्मानित भएको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा एक्सन साथ उत्रिएका काफ्लेकै कारण वन तथा वन्यजन्तु चोरी तस्कर र अपराध नियन्त्रणमा खेलेको उल्लेख भूमिकाका कारण एसपी काफ्ले सम्मानित भएका हुन् ।

उनको कारण नुवाकोटमा वन संरक्षणमा ठुलो सफलता मिलेको भन्दै आज एक भव्य समारोहका विच प्रहरी उपरिक्षक काफ्लेलाई नुवाकोटका प्रमुख जिल्ला झनकनाथ ढकालले नगद १० हजार रुपैयाँसहित सम्मानित गरेको डिभिजन वन नुवाकोटका प्रमुख संजीव आचार्यले जानकारी दिए । संरक्षणमा तस्करका कारण हामी हैरान भएका थियौँ वन प्रमुख आचार्यले भने, नुवाकोट नयाँ प्रहरी प्रमुखका रुपमा काफ्ले एसपी साब आएसगैँ ठुलो सफलता मिलेको छ । मुद्दा नै चलाउने कामले तस्कारी ठप्प छ ।

वनको तथ्याकं अनुसार नुवाकोटमा गत बर्ष १ वटा मात्रै वन वन्यजन्तु सम्बन्धी मुद्दा चलेको हाल ९ वटा मुद्दा चलेको छ । एसपी काफ्ले प्रहरी संगठन कुशल कार्यशैली र एक्सन कामकै कारण अलग पहिचान समेत छ । काफ्ले आएसगौ जिल्लामा गुण्डागर्दी, लागुऔषध, जुवातास, घरेलु मदिरा नियन्त्रणसहित जनपक्षिय कामका कारण सुरक्षा अवस्था मजबुत हुनुका साथै अपराधी गतिविधि नियन्त्रण आएको नुवाकोटका प्रमुख जिल्ला झनकनाथ ढकालले बताए । उनीसगैँ आज अन्य विभिन्न व्यक्तिहरुलाई डिभिजन वनले सम्मान गरेको थियो ।