बलात्कारको आरोप लागेका एसएसपी फरार

पोखरा: सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारीलाई  चितवनकी एक महिलाको  बलात्कार गरेको आरोप लागेको  छ । महिलालाई आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार गरेको आरोप लागेका एसएसपी अहिले फरार भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

चितवन भरतपुरकी ति महिलाले प्रहरी समक्ष सशस्त्रका एसएसपी अधिकारीले उनकै कार्यलयमा लगेर बलात्कार गरेको बयान दिएकी छन् ।

एसएसपी अधिकारीले आफुलाई लट्याउने औषधी प्रयोग गरी बलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरी कन्ट्रोललाई फोन गरी उजुरी गरेकी हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको तर, एसएसपी अधिकारी फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।