चितवनको राप्ती नगरपालिकाले बिपन्न परिवारको घर बनाइदिने

चितवनः पूर्वि चितवनमा रहेको राप्ती नगरपालिकाले बिपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको खरका छाना बिस्थापित गर्ने योजना अनुसार नगररपालिकाका प्रत्येक वडामा दुई–दुई वटा घर निर्माण गर्न सुरु गरिएको हो ।
नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक वर्ष बिपन्न परिवार मध्ये अती विपन्न छनोट गरी दुई परिवारको घर निर्माण गरिने छ । नगरपालिकाको रु ३ लाख सहयोग र स्थानीयको श्रमदानमा दुई कोठे घर निर्माण गरि हस्तान्तरण गरीने उहाँले बताउनुभयो । नगरभित्र रहेका एकल महिला, बृद्धबृद्धालाई प्रथामिकतामा राखिएको उहाँको भनाई छ ।
नगरपालिकामा १३ वडाहरु रहेका छन् । जस मध्ये १, २, ४, ५, ७, ८, ९, ११ र १२ नम्बर वडामा पहिलो चरणका घरहरु हस्तान्तरण गरि सकिएको प्रमुख वरालले जानकारी दिनुभयो । अन्य वडाहरुमा निर्माणको काम भईरहेको उहाँले बताउनुभयो ।