शिक्षाका कुरा : कोभिड –१९ मा शिक्षा र वैकल्पिक सिकाई सहजिकरणको प्रभावकारिता

अर्जुन बहादुर खत्री

चितवन

शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण र अनिवार्य पूर्वाधार हो । मानव समाजको निर्माणसँगै शिक्षाको थालनी भएको भन्ने कुरामा दुईमत नहोला । वैदिककाल हुँदै विभिन्न अनौपचारिक कालखण्डहरु पार गर्दै नेपालमा औपचारिक शिक्षाको थालनी वि.सं. १९१० मा तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुर  बहादुर राणाद्वारा भएको थियो । त्यसपछि क्रमशः पाठशालाहरु खुल्दैगए । हाल नेपालमा १२ वटा विश्वविद्यालयहरु र ३५ हजार ५५ वटा विद्यालयहरु रहेका छन् । विद्यालय तह बालकक्षा देखि कक्षा १२ सम्म७२ लाख १४ हजार बालबालिकाहरु अध्ययनरत रहेको तथ्यांक शिक्षा मन्त्रालयका विभिन्न विवरणहरुले देखाएका छन् । डिसेम्वर महिनाको अन्त्यबाट चीनको वुहानबाट शुरु भएको कोभिड १९ हाल विश्वका २१३ देशहरुमा महामारीको रुपमा फैलिसकेको छ । यो रोगबाट विश्वका करिव १ करोड ३२लाख ६५हजार ०६९ जना मानिसहरु संक्रमित भएका छन् भने ५लाख ७६हजार २४० जना व्यक्तिको निधन भईसकेको छ । नेपालमा पनि १७ हजार ६१ जनाव्यक्तिहरु संक्रमित भएका छन् भने ३८ जनाको मृत्यु भईसकेको छ । नेपालमा २०७६ ।१२।१० बाट बन्दाबन्दी लगाईएको छ । बन्दाबन्दी भएको करिव चार महिनाको समयावधिमा सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र बन्न पुगेको छ ।विद्यालयहरुमा नियमित पठनपाठन हुन सकेको छैन ।
शिक्षा क्षेत्रलाई कसरी ब्यूँताउने भन्ने बारेमा टिका टिप्पणी भईरहेको सन्दर्भमा शिक्षा मन्त्रालयले वैकल्पिक सिकाई सहजिकरण निर्देशिका २०७७ जारी गरेको छ । उक्त निर्देशिकामा उल्लेखित वैकल्पिक सिकाई सहजिकरणका उपायहरुको प्रभावकारिताको बारेमा चर्चा गर्न आवश्यक छ।

रेडियो शिक्षा
नेपालमा रेडियो तथा एफ्. एम. रेडियोहरुको पहुँच ह्वात्तै बढेको छ । एफ्. एम् रेडियोहरुले गाउँगाउँमा सूचना सम्प्रेषणको महत्वपूर्ण भमिका निभाईरहेका छन् ।यसबाट के स्पष्ट हुन्छ भने रेडियो शिक्षा कार्यक्रमले सबैभन्दा बढी विद्यार्थीहरुलाई सिकाईको अवसर प्रदान गर्ने देखिन्छ । नेपालमा वि.सं. २०३७ सालमा रेडियोमार्फत शिक्षक शिक्षाको सुरुवातभएको थियो र यसले शिक्षक तालिममा दूर शिक्षाको महत्वपूर्ण माध्यमको रुपमा कार्य गरेको थियो ।तर रेडियोको पहुँच हुँदैमा सबै विद्यार्थीहरुले शिक्षकहरु जस्तै नियमित रुपमा सिकाईको लाभ लिन सक्दैनन् । विशेष गरेर साना बालबालिकाहरुले श्रव्य सामग्रीहरु कुन समयमा प्रसारण हुने हो, कुन विषयको कतिखेर हो भन्ने जस्ता कुराहरुमा जानकारी लिएका हुँदैनन् । कतिपय अभिभावक पनि यस्ता सूचनाहरुको बारेमा जानकार हुँदैनन् ।

टेलिभिजनशिक्षा
टेलिभिजनमा पनि नेपालीहरुको पहुँच वृद्घि हुँदै गएको छ। हालकरिव ७४ प्रतिशत मानिसहरुले यसको पहुँच प्राप्त गरेका छन् । रेडियो भन्दा टेलिभिजन श्रव्य दृष्य हुने भएकोले सिकाईको लागि बढी प्रभावकारी हुनसक्छ । यसको लागि विद्यालयले अभिभावक तथा विद्यार्थीहरुलाई स्पष्ट सूचना सम्प्रेषण गरेर टिभि बाट प्रसारण हुने सिकाई सामग्रीको समय तालिकाको बारेमा बुझाउन आवश्यक हुन्छ ।

अनलाइन शिक्षा
नेपालको सन्दर्भमा इन्टरनेटको विकास हालसालै तिव्र गतिमा हुन थालेको छ । हालकरिव ५५.४ प्रतिशत मानिसहरु इन्टरनेटको पहुँच राख्दछन् । विशेष गरी नेपालको शहरी क्षेत्रका बालबालिकाहरु इन्टरनेटको पहुँचमा छन् ।यद्यपि विद्यालय तहको पठनपाठनमा इन्टरनेटको प्रयोग कोभिड महामारी फैलिनु भन्दा पहिले त्यति साह्रो भएको पाईदैन ।तैपनि कोभिडको बन्दाबन्दीमा अनलाइन पठनपाठन यदाकदा चल्न थालेको छ ।यसले निश्चितै रुपमाशिक्षण सिकाईको महत्वपूर्ण माध्यमको रुपमा सूचना प्रविधिलाई प्रयोग गर्न हामीलाई झक्झक्याई रहेको छ । अनलाइन शिक्षाले हामीलाई अवसर र चुनौती दुवै सिर्जना गरेको छ ।

टोल स्तरीय सिकाई सहजिकरण
नेपालको धेरैजसो भूभाग जसरी हिमाल र पहाडले बनेको छ । त्यसरी नै यसले विकटता थपेको छ तथ्यांकमा रेडियो र टेलिभिजनको पहुँच सन्तोषजनक देखिए पनि यथार्थमायी सञ्चार माध्यमहरुको पहुँचअँझै दुर्गम गाउँहरुमा प्रभावकारी हुन सकेको छैन । इन्टरनेको त विस्तार गर्ने कार्य चलिरहेको छ तर यो पनि त्यतिधेरै प्रभावकारी हुन सकेको छैन । यस सन्दर्भमाउपर्युक्त सूचना सञ्चार प्रविधिको पहुँच नभएका विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन टोल स्तरमा विद्यार्थीहरुलाई सहजिकरण गर्ने कार्य एउटा उपयुक्त विकल्प हुन सक्छ । तर विद्यालयका सेवाक्षेत्र यत्रतत्र छरिएका विद्यालयहरुका लागि टोल शिक्षा पनि शिक्षक र विद्यार्थीहरुका लागि जोखिमपूर्ण निश्चित छ ।उनीहरुको स्वास्थ्य माथि पूनः खेलवाड हुनसक्छ । फेरि अहिले त बर्खे झरि परिरहेको छ । नेपालका विभिन्न ठाउँहरुमा बाढी पहिरोले जनधनको विनाश गरिरहेका समाचारहरु दिनप्रतिदिन सञ्चार माध्यममा प्रसारण भईरहेका छन् । यो विकल्पको प्रयोगले फेरि पनि शिक्षक र विद्यार्थीहरुलाई जोखिम सिर्जना पक्कै पनि गरेको छ ।

वैकल्पिकसिकाईकामाध्यमहरुलाई प्रभावकारी बनाउने उपायहरु
माथि छलफल गरिएका सिकाईका वैकल्पिक उपायहरुलाई प्रभावकारी बनाउन निम्नानुसारका कार्यहरु गर्न आवश्यक देखिन्छ ।
– विद्यार्थी तथा अभिभावकहरुलाई आफ्नो स्थान विशेष र पहुँचविशेष कुन वैकल्पिक माध्यममा कुन समयमा के कसरी सिकाई सहजिकरण गर्ने हो उक्त कुराको बारेमा स्पष्ट सुुसूचितगर्न सकिन्छ ।
– विद्यार्थीले रेडियो तथा टेलिभिजनमा प्रसारण हने सिकाई सामग्री उपयोग गरे नगरेकोबारे विद्यालय तथा स्थानीयतहले अनुगमन मूल्याङ्याकन गर्न सकिन्छ ।
– इन्टरनेटको पहुँच भएका विद्यार्थीहरुलाई अनलाइन समूहबनाएर गुगल मिट, जुम, सिस्को, गुगल क्लासरुम, क्वीजीज जस्ता प्ल्याटफमहरुको प्रयोग गरेर नियमित शिक्षण गर्न सकिन्छ ।
– वैकल्पिक सिकाईका माध्यमहरुप्रति विद्यार्थीहरुको उत्प्रेरणा जगाउन शिक्षक, विद्यालय र स्थानीय शिक्षा शाखाले प्रभावकारी उपाय अवलम्वन गर्नुपर्दछ ।
– वैकल्पिक सिकाईको वैधानिकताको विषयलाई व्यापक वहस र छलफलमार्फत प्रचार गर्न सकिन्छ ।
-स्थानीय शिक्षा शाखा तथा विद्यालयहरुले सिकाईका नयाँ मोडेलहरु सम्बन्धि शिक्षक तथा विद्यार्थीहरुलाई अभ्यस्त बनाउने खालका पेशागत कार्यक्रम सञ्चालनगर्न सकिन्छ ।
– जसरी घर नै बालबालिकाको पहिलो पाठशाला हो भनिन्छ, त्यसरी नै आफ्नो छोराछोरीहरुको पठनपाठनमा अभिभावकहरुले चासो बढाएर उनीहरुलाई पठनपाठनमा अभ्यस्त बनाउन अभिभावकले भूमिका खेल्न सकिन्छ ।
– स्थानीय सरकारले एफ्.एम् रेडियो तथा विषयगत शिक्षकहरुसँग समन्वय गरी शिक्षण सामग्रीहरु स्थानीय स्तरबाटै निर्माण र प्रसारण गर्ने वातावरण वनाउन सकिन्छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले शिक्षा क्षेत्रमा चुनौतीहरु मत्र होइन धेरै अवसरहरु पनि सिर्जना गरेको छ । अहिलेको थलापरेको शिक्षण सिकाईलाई उकास्न वैकल्पिक सिकाईकाउपायहरुलाई प्रभावकारी बनाउँदै यसले सिर्जना गरेकाअवसरहरुको उपयोग गरी चुनौतीहरुलाई परास्तगर्न सकिन्छ ।
स्रोत सामग्रीहरुः

– पन्ध्रौ योजना (२०७६/२०७७—२०८०/२०८१)
– आर्थिक सर्वेक्षेण २०७५/२०७६

  • Worldometersnfo (google.com)

लेखक खत्री सर्वशान्ति मावि इच्छाकामना ४ कुरिनटार चितवनका अंग्रेजी विषयका शिक्षक हुनुहुन्छ ।