गाउँपालिका सूचना अधिकारी घुससहित पक्राउ

कैलाली: अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारीलाइ घुससहित पक्राउ गरेको छ ।

आयोगको कञ्चनपुरको टोलीले गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सीपमूलक तालिममा सहजीकरण गरेबापत उनले ८५ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए।