हङकङमा फेरि कोरोना संक्रमणमा वृद्धि, ४० जनामा स्थानीय संक्रमण

एजेन्सी :  हङङमा कोरोना संक्रमणको अवस्थामा फेरि वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा हङकङमा ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देखिका कुल कोरोना संक्रमितमध्ये ४० जना स्थानीय संक्रमित रहेका छन् ।

यसअघि कोरोना भाइरस संक्रमणको अवस्थामा सुधार हुँदै गएपछि सामाजिक दूरीको नियममा परिवर्तन गरिएको थियो । सोमबार संक्रमितको संख्या ५२ पुगेको थियो । सोमबार ५२ देखिए पनि मंगलबार देखिएका कोरोना संक्रमितहरु स्थानीयरुपमा संक्रमण भएको संख्या बढी छ ।

जनवरीमा पहिलो कोरोना भाइरसको संक्रमण देखिएको हङकङमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५०० पुगेको छ भने आठजनाको मृत्यु भएको छ । – अलजजिरा