अख्तियारद्वारा घरेलु अधिकृत ओलीलाई घुससहित नियन्त्रणमा

नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसंन्धान आयोग कार्यालय बुटवलले घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत एक अधिकृतलाई ९६ हजार ३ सय घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार सेवाग्राहीसंग ठेक्काको लाईसेन्स बनाईदिने बाहानमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौ तहका अधिकृत हुकुम बहादुर ओलीलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले घटनास्थलको बरामदी मुचुल्का गरि आवश्यक अनुसंन्धानको लागि संबन्धित निकायमा बुझाउने तयारी भई रहेको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी ‘

सदरलाइन